
कपिलवस्तुको कृष्णनगर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित एक जना प्रहरीको हिरासतमा परेका छन्। सोही नगरपालिका-३ बस्ने २२ वर्षीय राजेश परियारलाई शनिबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले परियारमाथि शङ्का लागि जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटकबाट अवैध लागूऔषध खेरो हिरोईन जस्तो देखिने पदार्थ करिब ४ सय ७० मिलिग्राम सहित जानकी गाउँपालिका-२ खर्गुवार बस्ने २३ वर्षीय सुदिप चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।