एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्र – News Nepal Media
Trend

पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति ( हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ । प्याब्सन पर्सा र एन प्याब्सन पर्साका अनुसार हाल शैक्षिक सत्र आरम्भ भएको बेला स्कूलको शुल्क तिर्न नसकेका अभिभावकले आफ्नो बच्चालाई एक विद्यालयबाट अर्को विद्यालयमा भर्ना गराउने गरेको पाइएकाले विद्यालयको हस्तान्तरण प्रमाणपत्र अनिवार्य गरिएको हो ।

एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थी उक्त विद्यालयको सहमति बिना अन्य विद्यालयलाई भर्ना हुँदा विद्यालयलाई वार्षिक लाखौँ रुपैयाँ घाटा लागिरहेको भन्दै दुवै संस्थाले यस्तो सहमति गरेका हुन् । अबदेखि एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको हस्तान्तरण प्रमाणपत्र लिएर मात्र अन्य विद्यालयमा भर्ना गर्न पाउने गरी सहमति भएको एन प्याब्सन पर्साका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । दुवै संस्थामा गरी पर्सामा करिब सय हाराहारीमा निजी विद्यालय आबद्ध रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै


TOP