बिहिबार , जेठ २, २०८२
राहदानी बिभाग अनिश्चितकालका लागि भयो बन्द – News Nepal Media
Trend

गत हप्ता गृहमन्त्रि रबि लामिछानेले राहदानी विभागको स्थलगत अनुगमन गरेपछि आज राहदानी वितरण अनिश्चितकालका लागि बन्द गरिएको छ । सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण गरिएको जनाइएको छ।

प्रवक्ता दुरपदा सापकोटाका अनुसार मंगलबारदेखि अर्को सूचना जारी नहुदाँसम्म राहदानी लिन लागि विभागमा नआउन अनुरोध गरिएको छ। राहादानी सम्बन्धि समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने समेत बताइएको छ।

अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन र राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको कार्य भने संचालन गरिने विभागको सुचनामा उल्लेख गरिएको छ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP