कावासोती । नवलपुरको कावासोतीमा १ सय केजी रुद्राक्षसहित भन्सार छली गरेर ल्याएको सामान प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअर्न्तगत कावासोतीको मुख्य बजार थाना चोकमा बेबारिसे अवस्थामा रहेको रुद्राक्ष, लेडिज टप्स ३ सय १० थान, मोटरसाइकलको भाइजर १४ थान, ल्यापटपको ब्याट्री, कफी, पान मसलालगायत सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छली गरेर ल्याएको र बिल भरपाइ केही पनि नभएकाले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी वेदबहादुर पौडेलले बताए ।

नियन्त्रणमा लिएको सामानलाई त्रिवेणी भन्सार कार्यालय पठाउने तयारी छ । भारतीय सीमावर्ती नाकामा १ सय रुपैयाँभन्दा बढी मूल्यको सामानमा भन्सार लाग्ने भएपछि भारतमा किनमेल गर्न जाने सर्वसाधारण घटेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय