मंगलबार , बैसाख ९, २०८२
छहारी भवन निर्माणमा बजेट अभाव – News Nepal Media
Trend

बाँकेका द्वन्दपीडित तथा एकल महिला भवन निर्माण अभियानमा जुटेका छन् । द्वन्दपीडित तथा एकल महिलालाई बासको व्यवस्था गर्न भवन निर्माण गर्न लागिएको द्वन्दपीडित तथा एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष जयन्ती केसीले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ९ बाँकेगाउँमा उपलब्ध गराएको जग्गामा रु एक करोड ४९ लाख ४५ हजारको लागतमा साढे दुई तले भवन निर्माण गर्न लागिएको छ । भवन निर्माण गर्न बजेट अभाव रहेको केसीले बताउनुभयो ।

विसं २०७३ मा निर्माण थालेपनि हालसम्म साढे एक तला मात्र बनेको छ । बजेट अभावले निर्माणमा ढिलाइ भएको केसीको भनाइ छ । लुम्बिनी प्रदेश सरकार र नेपालगञ्ज उपमहानगरपालिका बाहेक अन्य स्थानीय तह तथा सङ्घ संस्थाले भवन निर्माणमा सहयोग नगरेको उहाँको गुनासो छ ।

भवन निर्माणका लागि प्रदेश सरकारले रु ४० लाख उपलब्ध गराएको छ । केही रकम नेपालगञ्ज उपमहानगरपालिका र केही वडा कार्यालयबाट उपलब्ध भएको छ । जिल्लाका सबै स्थानीय तहमा भवन निर्माणका लागि पहल गरिने केसीले बताउनुभयो । बाँकेमा करिब ६ हजार एकल महिला रहेको सञ्जालले जनाएको छ । सञ्जालमा श्रीमान्को मृत्य भएका, श्रीमान वेपत्ता भएका, सम्बन्धविच्छेद भएका, बिहे नगरी ३५ वर्ष नाघेका र श्रीमानसँग मानो मुठी छुट्याइएका महिला आवद्ध रहेको केसीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP