शुक्रबार , जेठ १०, २०८२
प्रहरी चौकीलाई तीन रोपनी जग्गा दान – News Nepal Media
Trend

पौवादुङमाका एक समाजसेवीले प्रहरी चौकी निर्माणका लागि तीन रोपनी जग्गा दान गर्नुभएको छ । जग्गा अभावमा प्रहरीको भवन निर्माणमा समस्या भएपछि स्थानीय खड्गराज शाक्यले रु २९ लाख बराबरको तीन रोपनी जग्गा दान गर्नुभएको हो ।

जग्गा पाएसँगै अब चौकी निर्माणमा सहजता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुुख राजकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गा नहुँदा प्रहरी चौकी निर्माणमा समस्या भएको थियो । चौकीको नाममा जग्गा प्राप्त भएको छ । अब भवन निर्माणका लागि पहल थाल्छौँ ।”

गाउँपालिकाको पहलमा चौकीको नाममा जग्गा प्राप्त गर्न सफल भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाको सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरेको भए पनि आफ्नो नाममा जग्गा नहुँदा भवन निर्माणमा समस्या भएको थियो । अब जग्गा प्राप्त भएकाले भवन निर्माणका लागि गाउँपालिकाले पहल गर्ने राईले बताउनुभयो ।

अध्यक्ष राईले स्थानीयवासीले यसअघि पनि मिराराई बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला र स्वास्थ्य चौकीलगायत संरचना निर्माणका लागि निःशुल्क जग्गा दिएको बताउनुभयो । गाउँपालिकाको सुरक्षामा सहजता होस् भन्ने उद्देश्यले प्रहरीलाई जग्गा दिएको जग्गादाता शाक्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP