मुख्यमन्त्री भट्टद्वारा राजपुर–कुमालीकोट सडक अनुगमन – News Nepal Media
Trend

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिपायल सिलगढी नगरपालिका–४ अन्तर्गत पर्ने राजपुर–कुमालीकोट सडक खण्डको अनुगमन गर्नुभएको छ । स्थानीयवासीबीच आपसी विवादका कारण सडक पूरै निर्माण हुन नसकेको तथा निर्माण भएको सडक विभिन्न ठाउँमा बिग्रेको जानकारी पाउनु भएपछि मुख्यमन्त्री भट्टले उक्त सडकको अनुगमन गर्नुभएको उहाँका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री भट्टले भन्नुभयो, “सबै जनतालाई फाइदा हुने सडक निर्माणमा विवाद नगर्नुस्, बजेट थप चाहिए लेखेर पठाउनुस्, म विनियोजन गराउँछु ।” सुदूरपश्चिम प्रदेश सरकारबाट उक्त सडक निर्माणका लागि बजेट विनियोजित भए पनि स्थानीयवासीहरु बीचको आपसी विवादका कारण विनियोजित भएको रकम फ्रिज भएको वडाध्यक्ष अशोककुमार सोवले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारबाट सडक निर्माणका लागि बजेट आयो तर काम गर्ने विषयमा विवाद भएपछि रकम फ्रिज भएको छ, अब फेरि बजेट हाल्नुपर्ने अवस्था छ ।” स्थानीयवासीहरुकै विवादका कारण हाल केही निर्माण गरिएको उक्त सडक खण्डमा साँघुरो हुनाका साथै नाली नहुँदा पानी सडकमा बग्ने समस्या देखिएको स्थानीयवासीहरु बताउँछन् । सडक निर्माणका क्रममा केही स्थानीयका घरखेत सडकमा पर्ने अवस्था देखिएपछि उक्त सडक निर्माणमा विवाद सृजना भएको स्थानीयवासीले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP