आइतबार , जेठ १२, २०८२
चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो – News Nepal Media
Trend

हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।

उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने गरेकामा बिहानै नुहाइधुवाइ गरी चोखो भएर घरको मूलढोकामा कपुर पानीसमेत छर्केर चाँगुनारायण दर्शनका लागि जाने परम्परा छ । उक्त मन्दिरमा दर्शनपछि घर–घरमा लगाइएको तुलसी नारायणको विधिवत्रुपमा पूजा गरिन्छ । पूजामा तुलसी नारायणलाई सयपत्री फूलको माला लगाई सखरखण्ड, पिँडालु र खिरको भोजन चढाइन्छ ।

त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायण, वाखुपति नारायण, सूर्यविनायकको लिखा नारायण, चाँगुनारायण नगपालिकाको भुइँजसी नारायणलगायत मन्दिरमा पनि दर्शनार्थीको भिड लागेको छ । हरिबोधिनी एकादशीका अवसरमा आज चाँगुनारायण नगरपालिकामा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP