बुधबार , जेठ १, २०८२
मायाको हत्याको आरोपमा एक सशस्त्र प्रहरी जवान पक्राउ – News Nepal Media
Trend

बैतडीमा एक युवातीलाई घाँटी रेटेर बीभत्स हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । पक्राउ पर्ने सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा हिड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ।

गत हप्ता बैतडीको पन्चेश्वर गाउँपालिका -४ की २१ वर्षीय माया लुहारको निर्मम तरिकाले हत्या भएको थियो। पूर्वम्यादी प्रहरीसमेत रहेकी मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलिलाई पक्राउ गरिएको हो।

अहिले उनलाई पक्राउ गरि थप अनुसन्धानको लागि बैतडी प्रहरीलाई बझाइने प्रहरी कार्यलय सुदुरपश्चिमले जनाएको छ। साथै उनि दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP