बुधबार , असार ६, २०८१
कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस – News Nepal Media
Trend

आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् ।

कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले आ–आफ्नो क्षेत्रका सम्भावित प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो । कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दिवान विष्ट र समानुपातिकमा कृष्णादेवी गिरीको नाम सिफारिस गरेको छ ।

सो निर्वाचन क्षेत्रमा पर्ने दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी कांग्रेसले ३० जनाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा कांग्रेसले केन्द्रीय सदस्य नारायणप्रकाश साउँद, हरिप्रसाद बोहरा र प्रेम बलायरको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको क्षेत्रीय सभापति लालबहादुर सिंहले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं २ का दुई प्रदेशसभामा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ४६ जनालाई सिफारिस गरेको छ ।

त्यसैगरी यहाँको निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र प्रेमबहादुर विष्ट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस हुनुभएको छ ।
उक्त क्षेत्रमा कांग्रेसले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक गरी ६० जनाको नाम सिफारिस गरेको कांग्रेस कञ्चनपुरले जनाएको छ ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल एमालेले पनि तीन वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारको नामावली छनोटलाई तीव्रता दिएको छ । यहाँको निर्वाचन क्षेत्र नं १ मा निर्वाचन क्षेत्रीय समन्वय किमिटीले सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङ, नेताद्वय खेम सुवेदी र वीरबहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

उक्त क्षेत्रमा पर्ने प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा एमालेले १६ जनाको नाम सिफारिस भएको छ । एमालेले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा हालका प्रतिनिधिसभा सदस्य रहनुभएका नरबहादुर धामी र युवा सङ्घका निर्वमान अध्यक्ष बचनबहादुर सिंहको नाम क्षेत्रीय कमिटीबाट सिफारिस गरेको जनाएको
छ ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ को ‘क’ मा कर्णाली प्रदेशका पूर्व प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनी र ‘ख’ मा तत्कालीन संविधानसभा सदस्य कृपाराम रानाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा एमालेबाट डा दीपकप्रकाश भट्ट, निरु पाल, राजेन्द्र रावल, ईश्वरी खरेल र हिरा सार्की प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । डा भट्ट २०७४ सालमा कांग्रेस नेता लेखकलाई पराजित गर्र्दै यहाँबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP