मंगलबार , बैसाख ९, २०८२
विश्व वातावरण दिवसमा ‘डोको डस्बिन’ वितरण – News Nepal Media
Trend

विश्व वातावरण दिवसका अवसर पारेर आज मेचीनगर–१० धुलाबारीमा शुभारम्भ अभियानले ‘डोको डस्बिन’ वितरण गरेको छ । वातावरण स्वच्छ र धुलाबारी बजारलाई सफा बनाउने उद्देश्यले अभियानले डोको डस्बिन वितरण गरेको हो ।

धुलाबारी चोक बजारका पसलबाट निस्कने फोहरमैलालाई व्यवस्थापन गर्ने उद्देश्यले अभियानले पसल अगाडि डोकोको डस्बिन राखिदिएको छ । यसअघि पनि अभियानले धुलाबारी बजारलाई हरियाली बनाउने उद्देश्यले प्रत्येक पसल अगाडि गमलामा थुपीको बिरुवा रोपनकार्य गरेको थियो ।

अभियानका अध्यक्ष केपी शिवाकोटीले सो डस्बिन खरिदका लागि कर्णाली बचत तथा ऋण सहकारी संस्था र ज्योति विकास बैंकले सहयोग गरेको बताउनुभयो ।

यसैगरी, थोप्लेविरान सामुदायिक वनले आजै विभिन्न जातका तीन हजार बिरुवा रोपन गरेको छ । सामुदायिक वन परिसरमा उपभोक्ता स्वयम् उपस्थिति भएर सो बिरुवा रोपिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP