खेलाडी र उद्यमीलाई सम्मान गर्दै सातौं स्थापना दिबस मनाउँदै रिटर्नी माईग्रेट नेपाल – News Nepal Media
Trend

निरु गौतम कावासोती/रिटर्नी माईग्रेट नेपालले आफ्नो सातौं स्थापना दिबस र अन्तराष्ट्रिय युवा दिवस एकसाथ मनाउने भएको छ ।

अन्तराष्ट्रिय युवा दिवसको अबसरमा “युवामैत्री शासन प्रवर्द्धन गर्दै युवामा लगानी गरौ” नाराको साथ तीनै तहका सरकार, निजी क्षेत्र र नागरिक संघसंस्थाहरुसँगको सहकार्यमा श्रवण २६ गते गण्डकी प्रदेशको नवलपुर , गोर्खा र कास्की जिल्लामा भब्यताको साथमा दिबस मनाउन लागिएको रिटर्नी माईग्रेट नेपाल गण्डकी प्रदेश संयोजक नेत्र थनेतले जानकारी दिनुभयो ।

साथै रिटर्नी माईग्रेट नेपालले अन्तराष्ट्रिय युवा दिवस पारेर विभिन्न सम्मान कार्यक्रम सहित आफ्नो सातौ स्थापना दिबस मनाउन लागिएको जिल्ला अध्यक्ष रेशम खत्रीले जानकारी दिनुभयो । नवलपुर जिल्लाका राष्ट्रिय खेलाडी , रिटर्नी उद्यमी , पत्रकार लगायतलाई सम्मान गरेर स्थापना दिवस मनाउन लागिएको उहाले बताउनु भयो ।

कार्यक्रम साउन २६ गते शनिबार नवलपुर चिस्यान केन्द्र कावासोती – १४ अग्योलीमा हुने जनाईएको छ । विदेशमा आर्जित ज्ञान र सिप स्वदेशका लागी भन्ने मुल नाराका साथ २०७५ सालमा स्थापना भएको संस्थामा बैदेशिक रोजगारबाट फर्केकाहरु जोडिदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP