नवलपुरमा करेन्ट लागेर जाजरकोटका युवाको मृत्यु – News Nepal Media
Trend

नवलपुर, माघ २५ गते । विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर नवलपुरको गैंडाकोटमा एक मजदुरको ज्यान गएको छ ।

पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा जाजरकोटको भेरी नगरपालिका घर भएका ३३ वर्षीय आर्यनसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए ।

गैंडाकोट नगरपालिका वडा नं. ५ कालिकाचोकमा पुरानो पोलबाट नयाँ पोलमा बिजुलीको लाइन सार्ने क्रममा विहीबार बेलुकी साढे ६ बजे ठकुरीलाई करेन्ट लागेको शाहले जानकारी दिए ।

एक्कासि करेन्ट लागेपछि उहाँको पोलमै मृत्यु भएको थियो । पोलमा झुण्डिएको अवस्थाको प्रहरीको सहयोगमा शव तल झारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रेस सेन्टर नेपाल, नवलपुरद्वारा २१औं स्थापना दिवसको अवसरमा खाद्यान्न सामग्री वितरण

प्रेस सेन्टर नवलपरासी अध्यक्षमा खनाल निर्वाचित

नवलपुर महोत्सवमा भोलि देखि रत्यौली प्रतियोगिता

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

नवलपुर महोत्सवमा संस्थागत रूपमा सहभागी नहुन जनजाति महासंघको निर्देशन

नवलपुरमा करेन्ट लागेर जाजरकोटका युवाको मृत्यु


TOP