बिहिबार , जेठ ९, २०८२
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै – News Nepal Media
Trend

कावासोती । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री भगवती चौधरी नवलपुर आउनुहुने भएको छ ।

रिटर्नी माईग्रेट नेपालले नवलपुरको ४ नगरपालिकामा सन्चालन गरेको एक महिने ब्युटिसिययन तालिमको समापनका लागी जेठ २९ गते मन्त्री चौधरी नवलपुरको कावासोती आउनुहुने भएको हो ।

कार्यक्रम कावासोतीको खानेपानी हलमा हुने रिटर्नी माईग्रेट नेपालका जिल्ला अध्यक्ष रेशम खत्रीले जानकारी दिनुभयो । वैदेशिक रोजगारमा रहेका परिवारको महिला दिदिबहिनीहरुको सिप विकासको लागी नवलपुरको मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका, देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकामा सम्बन्धित नगरपालिकाको सहकार्य र युवा परिषदको समन्वयमा एक महिने आधारभुत ब्युटिसियन तालिम सन्चालन भईरहेको छ ।

करिव सय जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको तालिमको समापनको लागि मन्त्री चौधरी आउन लाग्नुभएको रिटर्नी माईग्रेट नेपाल गण्डकी प्रदेश संयोजक नेत्र नारायण थनेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP