सोमबार , साउन १३, २०८२
नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी – News Nepal Media
Trend

कावासोती ,नवलपुर। नवलपुर जिल्ला अदालत बार इकाइको निर्वाचन सम्पन्न भएको छ ।आज कावासोतिमा भएको निर्वाचनमा २६ मत प्राप्त गर्दै अधिवक्ता गणेश अधिकारी अध्यक्ष निर्वाचित भएका छन।उनले निकटतम प्रतिद्वन्दी कृष्ण सिग्देललाइ पराजित गर्दै अध्यक्षमा बाजि मारेका हुन ।सिग्देलले कुल खसेको ३९ मत मध्य १३ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा प्रत्यासी चुडा बहादुर आलेलाइ पछि पार्दै अधिवक्ता कमल चापागाईंले २२ मत सहित जित हात पारे।सचिवमा चिरञ्जीवी पाठकलाइ पराजित गर्दै२६ मत सहित राधा उपाध्याय विजयी भएकी छन ।सह-सचिब संगिता बस्याल र कोषाध्यक्ष अर्जुन काफ्ले सहित ७ जना सदस्य भने सर्वसहमत चयन भएका छन भने एक महिला सदस्य पदेन रहने र पछि समितिले मनोनीत गर्ने निर्वाचन समितिका जिल्ला न्यायाधिवक्ता वाशुदेव शर्माले जानकारी दिएका छन।केन्द्रिय पार्सदमा प्रकाश सापकोटा र जनकराज ढुंगाना सर्वसहमत भएका छन।

निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष चेत प्रसाद शर्माले बधाइ दिएका छन भने नव- निर्वाचित अध्यक्ष अधिकारीले आफुले प्रचलित नियम कानुन अनुसार संस्थागत हितको लागि काम गर्दै बारको गरिमा उच्च राख्न कुनै कसर नराख्ने प्रतिवद्वता समेत व्यक्त गरेका छन।निर्वाचित नया कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम भोलि हुने निर्वाचन समितिको संयोजक शर्माले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण

आजका लागि विदेशी मुद्राको विनिमय दर


TOP