बुधबार , बैसाख १०, २०८२
हुम्ला आँखा शिविरबाट ४३७ जना लाभान्वित – News Nepal Media
Trend

जिल्ला अस्पताल हुम्लामा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट ४३७ जना लाभान्वित भएका छन् । मङ्गलबार उनीहरुको निःशुल्क उपचार गरिएको छ भने आज ३६ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गरिनेछ ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, स्वास्थ्य सेवा कार्यालय, जिल्ला आँखा उपचार केन्द्र, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा हुम्लाको आयोजनामा सो शिविर भएको हो । शिविरबाट सिमकोट, खार्पुनाथसहित अन्य छिमेकी गाउँपालिकाका साथै सदरमुकाम सिमकोटमा बसोबास गर्ने आँखाका बिरामीले उपचार पाएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

यस्तै २६ गते जिल्ला उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । दुर्गम जिल्लाका नागरिकको निःशुल्क उपचारका लागि तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ चिकित्सक गोविन्द पौडेलसहितको टोलीले उपचार गर्नेछ । शिविरमा मोतियाविन्दु, मासु पलाएकोलगायत रोगको निःशुल्क शल्यक्रियासहितका आँखासम्बन्धी उपचार निःशुल्क प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP