बुधबार , बैसाख १०, २०८२
तनहुँका आलेलाई ‘युथ एग्री अवार्ड’ – News Nepal Media
Trend

तनहुँको भीमाद नगरपालिका–९ पाथार्दीका बाख्रापालक किसान शिव आले ‘युथ एग्री अवार्ड–२०२२’ बाट पुरस्कृत हुनुभएको छ । साना किसान लघुवित्त वित्तीय संस्था र इजरायल राजदूतवासद्वारा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँलाई रु एक लाखसहित पुरस्कृत गरिएको हो ।

‘सिक र कमाउ’ कार्यक्रमको १०औँ वार्षिकोत्सवका अवसरमा कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह यादवले आलेलाई पुरस्कृत गर्नुभएको हो । विसं २०६८ देखि उन्नत बोयर जातका बाख्रापालन व्यवसाय गर्दै आउनुभएका आलेलाई जिल्लाका विभिन्न सङ्घसंस्थाले पनि यसअघि सम्मान तथा पुरस्कृत गरिसेकेका छन् ।

साना किसानमार्फत अध्ययनका लागि इजरायल पुगेका किसानमध्येबाट आवेदन गरिएकामा नेपालभरिबाट तीन सय जनाले आवेदन दिएका थिए । उक्त आवेदन दिएकामध्ये २१ जना छनोट भएका थिए । अन्तिममा सात प्रदेशबाट एक–एक जनालाई पुरस्कृत गरिएको आलेले जानकारी दिनुभयो । गण्डकी प्रदेशबाट आले मात्रै पुरस्कृत हुनुभएको हो ।

भीमादको पाथार्दीमा बोर बाख्रापालनका लागि स्रोत केन्द्र स्थापना गरिएको छ । उक्त गाउँका ६० परिवार बाख्रापालन व्यवसायमा आवद्व

छन् । आलेको फार्ममा हाल ५० माउसहित एक सय हाराहारीमा बाख्रा छन् । उहाँले गत वर्ष मात्रै रु २४ लाखको बाख्रा बिक्री गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP