बिहिबार , जेठ ९, २०८२
खानेपानीको माग गर्दै ज्ञापनपत्र – News Nepal Media
Trend

बागलुङ नगरपालिकाको बजार क्षेत्रमा खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाको कार्यालयमा खानेपानीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । संस्थाले वितरण गरेको पानी धमिलो, अशुद्ध र खानयोग्य नभएको नागरिकको गुनासो छ भने परीक्षणका क्रममा समेत खानेपानीमा कोलिफर्म भेटिँदै आएको बताइएको छ ।

बागलुङ बजारमा वितरण गर्दै आएको पानी अशुद्ध भएको, आम नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको र संस्थाको आर्थिक प्रणाली अपारदर्शी भएको जनाउँदै राष्ट्रिय युवा सङ्घ नेपाल बागलुङ नगर कमिटीले कार्यालयको अध्यक्ष र प्रबन्धक समक्ष ज्ञापनपत्र बुझाएको छ ।

बुझ्दै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले मागअनुसारको खानेपानी आपूर्ति गर्न नसकिएको र मङ्सिरपछि मात्रै नागरिकको धारोमा शुद्धीकरण गरेको पानी पठाउन सक्ने बताउनुभयो ।

उहाँले बृहत् लिफ्ट आयोजना सम्पन्न नहुँदासम्म नगरपालिकाले मागअनुसारको पानी पठाउन नसक्ने जनाउँदै पानीको शुद्धीकरणका लागि सक्दो पहल भइरहेको र छिट्टै अधिवेशन गर्ने बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP