शुक्रबार , जेठ १०, २०८२
मलाम गएका १३ जना शनिबारदेखि सम्पर्कविहीन – News Nepal Media
Trend

जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलाम गएका १३ जना सम्पर्कविहीन भएका छन् ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलाममा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जना मलामी सम्पर्कमा नआएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार १५ जनामध्ये दुई जना सम्पर्कमा आएका र १३ जना अझै सम्पर्कविहीन छन् ।

राँचुलीमा मलाम गएका सम्पर्कविहीन भएको खबर पाएपछि खोजीका लागि प्रहरी टोली पठाएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP