कावासोती । नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

पुर्वी नवलपरासीको कावासोती नगरपालिका-१३ पिठौली स्थित नारायणीमा माछा मार्ने क्रममा कावासोती– १२, निवासी २१ वर्षीय विशाल थनेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार डुबेर मृत्यु भएका थनेत नारायणी नदिमा माछा मार्नका बल्छी थाप्न गएका थिए ।

मृतकको शव पोस्टमार्टमको लागी मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको पौडेलले बताउनुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय