साउदीमा सन्तबहादुरको बिजोग, चोरबाट बाख्रा जोगाउँदा १७ बर्षदेखि जेलमा

पर्वत, २३ भदौ । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन् । २०५७ साल फागुनमा साउदी पुग्नुभएका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका थिए । उनले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहेका छन् ।

स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो । पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्नेक्रममा उनको मृत्यु भएको थियो ।

मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताए । “कान्छो छोरा बल्ल १८ वर्ष पुग्दैछ,” पुनले भने, “उसको उमेर नपुग्दासम्म जेलमै बस्नुप¥यो । अब मेरो जीवन उसैको हातमा छ ।”

कूटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उहाँको गुनासो छ । “उतिबेलै मृत्युदण्ड हुन सक्थ्यो, अहिलेसम्म भाग्यले बाँचेको छु,” उहाँले भने

निम्नस्तरको परिवारले सरकारका उच्च अधिकारीसम्म गुहार माग्न नसक्दा न्याय पाउन नसकेको उनले बताए । पुनका एक श्रीमती र तीन छोरा छन् । एक छोरा अपाङ्ग छन् ।

तीनै छोरालाई लिएर श्रीमती माया केही वर्षदेखि सदरमुकाममा ज्यालामजदुरी गर्दैै आएका छन् । “उहाँलाई छुटाउन सके अरू केही चाहिएको थिएन,” मायाले भन्नुभयो, “दिनभरि दुःख ग¥यो, रातभरि उतैको चिन्ताले निद्रा पर्दैन ।”

सरकारीस्तरबाट पहल भए श्रीमान् छुट्ने भन्दै अझै पनि भेट हुने आश नमेटिएको उनले बताए । सन्तबहादुर जेल परेको बारे २०५८ साल कात्तिक २ गते गृह मन्त्रालयले स्थानीय

प्रशासनलाई पारिवारिक विवरण पठाउन आदेश दिएको थियो । उतिबेलाको प्रशासनले पुनको पारिवारिक र व्यक्तिगत अवस्थाबारे मन्त्रालयलाई प्रतिउत्तर पनि पठाएको थियो रासस

नोट : यो राससमा २०७४ मा प्रकाशित समाचार हो अहिले साउदी विदेशमन्त्री नेपाल भ्रमण मा छन् यो भर्मण उनलाई आममाफि दिलाउन सकिन्छ कि भनि यो समाचार प्रकाशित गरिएको हो – सम्पादक

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय