आइतबार , जेठ १२, २०८२
उपन्यास बिक्रीको रकम समाजसेवामा – News Nepal Media
Trend

उपन्यासकार मणि नेपाली पनेरुले आफ्नो पुस्तक ‘सात जुनी’ को बिक्रीबाट प्राप्त रु एक लाख समाजसेवाका लागि प्रदान गर्नुभएको छ ।

लेखक पनेरुले उक्त रकम माइती नेपालीका संस्थापक एवं सिएनएन हिरो अनुराधा कोइरालामार्फत ‘सात जुनी विकास कोष’ मा हस्तान्तरण गर्नुभएको छ । उक्त कोषमा हेमा पनेरु अध्यक्ष र कलाकार अविनाश न्यौपाने उपाध्यक्ष रहनुहुनेछ ।

हाल संयुक्त राज्य अमेरिका बस्दै आएका गोरखाको सौरपानीमा जन्मिएका पनेरुले सौरपानीलाई नै आधारविन्दु बनाई त्यहाँका समस्या समाधानमा सहयोग पुग्ने गरी कोष स्थापना गरिएको जनाउनुभयो ।

गत महिना पनेरुद्वारा लिखित चार कृति उपन्यास ‘सात जुनी’, बालकविता सङ्ग्रह ‘हाम्रो झन्डा’, गीति सङ्ग्रह ‘स्वर्गको गाथा’ र कविता संग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकापर्ण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP