सांस्कृतिक पर्व अनन्ते मेला सुरु – News Nepal Media
Trend

जिल्लाका विभिन्न ठाउँमा शनिबारदेखि स्थानीय सांस्कृतिक पर्व अनन्ते मेला सुरु भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मानिने यो मेलामा तीन दिनसम्म स्थानीयवासीले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गर्छन् ।
नेपालमा नेपाली र अंग्रेजबीच युद्ध चलेकोे बेलादेखि नै योे मेला सुरु भएको मानिन्छ । अंग्रेजले नेपालीलाई अन्याय गरेकाले त्यसको विरुद्ध अनन्ते मेला मनाउने चलन रहेको बुढीगङ्गा नगरपालिका–३ का नरबहादुर रौलेले बताउनुभयो ।
यो पर्व मनाएमा आफूले सोचेअनुसारको मनोकांक्षा पूरा हुने स्थानीयवासीमा विश्वास रहेको छ । यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजयोत्सवको रुपमा हरेक वर्ष मनाउने गरिन्छ ।
अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनास्वरुप पनि मनाउने गरिन्छ । मेला अवधिभर लाखे नाच, माँगल, पाण्डवहरुको युद्ध कौशल र लडाईको युद्ध नीतिका बारेमा पनि चर्चा गरिन्छ ।
स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचानका स्वरुपमा मनाइने अनन्ते मेला जिल्लाका साविकको ब्रह्मतोला, कैलाशमाण्डँैं, तोली, मार्तडी, जुगाडा, आटीचौर, बुढीगङ्गा, बाह्विसलगायत एक दर्जन बढी क्षेत्र धुमधामका साथ मनाइने गरिन्छ ।
देउडा साँस्कृतिको जगेर्ना, आफन्तसँगको भेटघाट र मित्रताको सुरुवातको सङ्केतका रुपमा पनि यस पर्वलाई मनाउने गरिएको स्थानीयबासीले बताउने गरेका छन् । मेलाको अवसर पारेर यतिखेर माईत गएकी चेली, लेकखर्क र बेसीमा रहेका आफन्त, गोठाला, विद्यार्थी र कर्मचारी एकै ठाँउमा जम्मा हुने गर्दछन् ।
मेला हेर्न आउनेहरुका लागि होटल, पसलहरुसमेत राख्ने गरिन्छ । मेलाअवधिभर कौरव र पाण्डवको युद्ध कलाबाहेक, दिनरात देउडा, दोहोरी लगाउने चलन छ । केटा र केटी एक आसपमा माया प्रेमसँगै महाभारतको कथाबस्तुलाई कलात्मकपारामा व्यक्त गर्ने गरिन्छ ।
पुरुषको पर्वका रुपमा चिनिने यो मेलामा पुरुषहरु गोल घेरामा लाम लागेर उभिन्छन् र हातमा काँसबाट निर्मित मीजुरा बजाएर दुबै पट्टिकाले पालै पालो गीत, गाथा गाएर रमाइलो गर्दछन् ।
मेला अवधिभर स्थानीयवासीले कुल देवता, कैलाश र मष्टाको पूजाआजा गर्नाका साथै पारिवारिक खुशी, दिर्घायु र सुखः शान्तिका लागि कामना गर्ने गर्दछन् । यो अवधिमा ग्रहदशाका लागि भन्दै दर्जनौ बोकाको बलिदिने प्रचलन पनि कायमै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP