नेपाली चेस टोली बङ्गलादेश प्रस्थान – News Nepal Media
Trend

बङ्गलादेशको ढाकामा भोलि बुधबारदेखि सुरुआत हुने शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असोज २६ देखि कात्तिक ४ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलाडी तथा एक आर्विटर गरी ६ जनाको सहभागिता रहनेछ ।

प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ तथा सिङ्गेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागिता रहेको छ । पूर्व राष्ट्रिय च्याम्पियनसमेत रहेका बिमललाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत सहभागिता जनाईसकेका खेलाडी हुन । प्रतियोगितामा अन्र्तराष्ट्रिय आर्विटर नीरञ्जन प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष विदुरप्रसाद गौतमलगायतले त्रिभुवन विमानस्थलमा शुभकामनासहित बिदाई गर्नुभयो ।

गत असार अन्तिम साता सम्पन्न बुद्धिचाल सङ्घको अधिवेशनबाट अध्यक्षमा निर्वाचित गौतमले सम्भावना भएसम्मका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागी गराउन आफू प्रतिबद्ध भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP