मंगलबार , बैसाख ९, २०८२
अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्‍याक गरी रकम ठगी गर्ने पक्राउ – News Nepal Media
Trend

अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्‍याक गरी रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्राविधिक सबुत, प्रमाण र ह्‍यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाईल ह्‍याक गर्ने कास्की पोखरा महानगरपालिका-१९ लामाचौर घर भएका २३ वर्षीय आशिष परियारलाई रहेको प्रहरीले जनाएको छ।

प्रहारको अनुसार ह्याक गरिएको उक्त प्रोफाईल मार्फत उनले सरसहयोगको विभिन्न बरबहाना बनाई डिजिटल वालेटहरुमा रकम पठाउन लगाई एक पीडितको साथबाट नगद ५० हजार रूपैयाँ ठगी गरेका थिए। उनलाई सुचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

अहिले उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP