एउटै गाउका दुई युवा बिच भिमाद २ को वार्ड अध्यक्षमा भिडन्त

भिमाद नगरपालिका २ को वार्ड अध्यक्षमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमाले र काग्रेसले एकै गाउं रघुका दुई युवालाई उठाउने भए सगै थप रोचक हुने देखिएको छ ।

एमाले बाट दिनेश कुमार थापालाई सर्बसम्मत उम्मेदवार चयन गरिएको छ भने काग्रेसले पनि रघुकै मणि थापा लाई वार्ड अध्यक्षमा सर्बसम्मतीबाट उम्मेदवार चयन गरेको हो ।

नेपाली काग्रेसले भिमाद २ मा माओबादी र समाजबादी सग गठबन्धन समेत गर्ने जनाएको छ । अध्यक्ष सहित ३ पद काग्रेसलाई र माओवादी र समाजबादी लाई एक एक पद दिएर गठबन्धन् गर्ने सल्लाहा चलेपनि टुङ्गों भने लागी नसकेको कांग्रेसका एक नेताले बताए ।

कांग्रेसबाट सदस्यमा नेत्रमाया नेपाली,पुर्णमाया थापा,शारदा तिमिल्सीना र गुञ्जा सिंह थापाको नाम चर्चामा रहेपनि टुङ्गो भने आज लाग्ने भिमाद नगर सचिब बिजय थापाले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय