
कल्पित सुबेदी / भिमाद नगरपालीका १ बाट वार्ड अध्यक्ष्मा तिन दलबाट उम्मेदवारी दर्ता भएछ । नेकपा एमाले नेपाली कांगे्रस र माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी परेको हो ।
नेकपा एमालेले बल बहादुर थापा लाई अगाडी सारेको छ भने नेपाली कांग्रेसले युवा नेता दिपक आलेलाई टिकट दिएको छ र त्यसैगरि माओवादीले दिनेश सिग्देललाई उठाएको छ ।
एमालेबाट बल बहादुर थापा अध्यक्ष र बाकी सदस्यहरुमा टेक बहादुर थापा,दयाराम श्रेष्ठ, महिला सदस्य कोपीला अर्याल र दलित सदस्यमा देबी नेपालीलाई भबि जनप्रतिनिधीको लागी अगाडी सारेको छ ।
नेपाली कांग्रेसले दिपक आलेलाई अध्यक्षमा उठाएको छ भने सदस्यहरुमा नन्दकिशोर राना लिल बहादुर थापा महिला सदस्यमा धना सिग्देल र दलित सदस्यमा बुद्धीसरा सार्कीलाई उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रले भने पार्टी अध्यक्ष दिनेश सिग्देललाई उठाएको छ । त्यसैगरि सदस्यमा महमद अलि मिया, ए कुमारी केसी र दलित महिला बाट सोनिया दर्जिलाई अगाडी सारेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2022: news नेपाल मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KUSHAL