शुक्रबार , जेठ १०, २०८२
स्पाइन सर्जन नेपालको अध्यक्षमा डा बिजुक्छे – News Nepal Media
Trend

एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालको अध्यक्षमा डा विनोद बिजुक्छे निर्वाचित हुनुभएको छ ।

गए राति सम्पन्न आठौँ महाधिवेशन तथा निर्वाचनले डा बिजुक्छेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उहाँ यसअघि कार्यसमितिको उपाध्यक्ष हुनुहुन्थ्यो ।

एशोसिएशनको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा व्यापक पौडेल, महासचिवमा डा सुरज बज्राचार्य, उपमहासचिवमा डा ज्ञानेन्द्र शाह, कोषाध्यक्षमा डा राजेशकुमार चौधरी निर्वाचित हुनुभएको छ । यस्तै चार सदस्यमा डा दीपक काउछा, डा सुशील श्रेष्ठ, डा अनुप पोखरेल र डा सुवासचन्द्र झा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत डा गणेश गुरुङले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष डा बिजुक्छे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत समेत हुनुहुन्छ । नेपालमा स्पाइन सर्जरीको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको उक्त एशोसिएशनमा हाल देशभरका ८१ स्पाइन डाक्टर सदस्य हुनुहुन्छ ।

उक्त एशोसिएशनले स्पाइन सर्जरी उत्तीर्ण विद्यार्थीलाई तालिम प्रदान गर्ने, विश्वका अन्य मुलुकका स्पाइन सर्जरीका सङ्घसंस्थासँगको सहकार्यमा नेपालका विभिन्न अस्पतालमा स्पाइन सर्जरीसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP