बिहिबार , असार २६, २०८२
स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक – News Nepal Media
Trend

कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो ।

आयोजनाअन्तर्गत पहिलो चरणमा करिब एक अर्बको ठेक्का भएको छ । महेन्द्रनगर र आसपास क्षेत्रको १४ किलोमिटर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले बताउनुभयो । “सडक १५÷१६ मिटर चौडाइमा विस्तार गरिँदैछ, बजार र आसपासको क्षेत्रमा काम चलिरहेको छ,” उहाँले भन्नुभयो । महेन्द्रनगरदेखि एयरपोर्ट रोड, महेन्द्रनगर बजार क्षेत्रलगायत सडक स्तरोन्नतिको कामले तीव्र पाएको छ ।

सरकारी निकाय र निर्माण कम्पनीबीच समन्वय नहुँदा बजार क्षेत्र निर्माणको कामले अस्तव्यस्त भएको छ । “सडक हिलाम्य छन्, बजारका सबै सडक एकै पटक भत्काइएको छ, विद्युत् र टेलिफोनका पोल सडकमै छन्,” स्थानीय करवीर धामीले भन्नुभयो, “दैनिक आवातजावत हुने बजार क्षेत्रमा अस्तव्यस्त तरिकाले सडक निर्माण गर्दा आवातजावतमा समस्या भएको छ ।”

बजार क्षेत्रमा व्यवस्थित तरिकाले विकास निर्माणको काम गर्दा सास्ती भइरहेको कर्णप्रसाद भट्टले बताउनुभयो । “विकास निर्माणको काम हुनु राम्रो हो, तर एकै पटक सबै सडक भत्काउँदा हिँड्डुलमा समस्या भइरहेको छ,” उहाँले भन्नुभयो, “एउटा गल्लीको काम सकेर अर्कोमा पालैपालो काम गर्नुप¥थ्यो, तर अस्तव्यस्त तरिकाले काम भइरहेको छ ।” सडक स्तरोन्नतिको काम हुँदा खानेपानीका पाइप, विद्युत् र टेलिफोनका पोल भित्री गल्लीमा सर्नुपर्ने भए पनि केही समस्या आएको इन्जिनियर सिंहले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP