सर्लाहीमा जग्गाको विषयलाई लिएर निर्घात कुटपिट गरी हत्या – News Nepal Media
Trend

सर्लाहीमा जग्गाको विषयलाई लिएर कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका-२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीलाई सोही ठाउँ बस्ने उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायले निर्घात कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

पुकार राय, उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी राय समेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै अहिले घटनामा संलग्न हाल फरार जितेन्द्र र अनिताको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP