
आफ्नै वडामा कमजोर देखिए काङ्ग्रेस कावासोती मेयरका उम्मेदवार महिन्द्र पोख्रेल
नेपाली काङ्ग्रेस बाट कावासोती नगरपालिकाका प्रमुख पदका उम्मेदवार महेन्द्र पोख्रेल आफ्नै वार्डमा समेत निकै कमजोर देखिएका छन ।
कावासोती ८ मा १००० मत गन्दा महेन्द्र पोख्रेलले ५६९ मत ल्याएका छनभने एमालेका बिष्णु भुसालले ३७६ मत प्राप्त गरेका छन । वडा मा भने अध्यक्ष एमालेले भन्दा कम मत प्राप्त गरेका छन् । वडाको अध्यक्षमा रुख ले ४३९ मात्र ल्याएको छ तर सुर्यले ४९७ ल्याएर अगाडि छ ।
कावासोती नगरका वडाहरु १,२,३,४,५,६,७,१२,१३,१४,१५,१६,र १७ वडा गनिसक्दा १५२२ मत ले पछि परेका पोख्रेल आफ्नै वडा ८ को मतगणना हुदैगर्दा जतिले अग्रता लिनुपर्ने त्यो नभएको एक काङ्ग्रेस नेताले बताए ।
नेकपा एमाले कावासोती नगरपालिका का प्रमुख पदका उम्मेदवार बिष्णु भुसालले सुरुदेखी नै अग्रता कायम गरि गणना गरिएका वडामा १५२२ मतले अगाडि छन ।
अहिलेसम्म गणना भएको वडाहरुमा नेपाली काङ्ग्रेसले दुई वडा र माओवादी केन्द्रले एक वडा जितेको छ भने बाकी वडा नेकपा एमाले ले बिजय भएको छ ।
गएराती ११ बजेदेखी मतगणनामा बिबाद आएपछी झन्डै २४ घन्टापछी मतदान सुरुभएको हो अहिले वडा ८ र ११ को मत गणना भैरहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2022: news नेपाल मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KUSHAL