
काङ्ग्रेस कावासोतिका मेयरको उम्मेदवारको वडामा एमाले बिजयी
कावासोती नगरपालिका ८ मा नेकपा एमालेका उम्मेदवार भिम बहादुर रिमाल (गोकर्ण ) अध्यक्षमा निर्वाचित भएका छन् ।
वडा नं: ८ नेपाली काङ्ग्रेसबाट कावासोती नगरपालिकाका प्रमुख उम्मेदवार महेन्द्र पोख्रेल को वडा हो । नेपाली काङ्ग्रेसले आफ्नै नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका वडाको अध्यक्ष र एक सदस्य पद गुमाएको छ ।
कावासोती ८ मा अध्यक्ष जितेको एमालेले एक सदस्यमा एमालेका मनोज रेस्मी मगर बिजयी भएका छन ।
८ वडाबाट महेन्द्र पोख्रेलले एमाले का कावासोती नगर प्रमुखमा उम्मेदवारी दिएका बिष्णु भुसाल सगको मतान्तर भने घटाएका छन ।
नगरपालिका को ८,९,10,र ११ वार्ड को मतगणना गर्न बाकी हुदा १५२२ ले पछाडि रहेका महेन्द्र पोख्रेलले आफ्नो वार्ड बाट भने उल्लेख्य मतान्तर घटाएका छन् । उनले आफ्नो ८ नं: वडाबाट मेयरमा २३०५ मत ल्याए भने एमालेका बिष्णु भुसालले १२७८ मात्र मत ल्याए ।
ताजा समाचार
लोकप्रिय
© 2022: news नेपाल मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KUSHAL