नवलपुर कावासोती १० मा नेकपा एमालेको बिजय र्याली मानाएर फर्केको बलेरो जिप दुर्घटनामा परेको छ ।

लु 7647 नम्बरको बलेरो जिप कावासोती १० को बिजय र्याली मनाएर फर्किने क्रममा कावासोती 15 केरुङ्गे पुल नजिकै दुर्घटनामा परेको हो । दुर्घटना मा ८ जना घाइते भएका छन् ।

दुर्घटनामा ४ जना अर्जुन न्यौपाने ,बालकृष्ण ढुंगाना ,मोतिराम महतो र लोक बहादुर महतो सामन्य घाइते भएका छन भने मधुसूदन गिरि,रिसिराम थनेत नरेश मुखिया र सुर्य बहादुर महतो को अबस्था जटिल रहेको कालिगन्डकी नारायणी अस्पताल प्राली ले जनाएको छ ।

घाइते मध्यका सुर्य बहादुर महतोको अबस्था जटिल रहेकोले भरतपुर रिफर गरिएको अस्पतालले जनाएको छ ।

कावासोती नगरपालिका १० को मतगणना को रिजल्ट आएपछी बिजय र्याली सुरु भएको थियो । बिजय र्याली सकिएपछी साउन्ड सिस्टम छोड्न गएको बलेरो दुर्घटना भएको हो । बिजय उत्सब मनाउने बेला घटना भएपछी यतिखेर कावासोती १० को निर्वाचित अधिकारी अस्पतालमा बिरामीको अवस्था बुझ्न आएका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय