कल्पित सुवेदी कावासोती ।
७ जेठ / कावासोती १० मा गए राती आएको हावा हुरि सहितको बर्षाले बितण्डा मच्चाएको छ ।

हुरि सहितको बर्षाले दर्जनौ पोल ढलेको छ घरका छाना उडाएको छ रुख बिरुवाहरु भाचेको छ ।

सबैभन्दा धेरै बितण्डा चिलाहा आसपास भएको छ चिलाहा देखि केरुङ्गे पुल सम्म १५ भन्दा धेरै बिद्दुतिय पोल ढलेको छभने गएराती देखि नै बिद्दुत र ईन्टरनेट समेत अबरुद्ध छ । ढलेका पोलको कारण सडक समेत अबरुद्ध छ ।

बेलुकी ८ बजे तिर आएको हुरि सहितको बर्षाले तरकारी बालिमा नि निकै क्षती बनाएको छ भने जस्ताका छाना भएका घर तथा गोठमा धेरै क्षती पुर्याएको छ ।

कति क्षती बनायो भनेर याकिन विवरण आएको छैन । अहिले नब निर्वाचित जनप्रतिनिधि टेक नारायण महतो र ऋषि केश भट्टराई टोल टोल पुगेर क्षतिको विवरण टिपिरहनु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय