कल्पित सुवेदी कावासोती ।
७ जेठ / कावासोती १० मा निर्वाचित भएर आएका नब निर्वाचित जनप्रतिनिधिको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
कावासोती १० को वडा भबनमा शुक्रबार एक कार्यक्रम गरेर नब निर्वाचित पदाधिकारीलाई स्वागत गरिएको हो ।

कावासोती १० मा अध्यक्ष सहित तिनजना जनप्रतिनिधि पुन दोहोरिएका छन् भने बाकी दुई सदस्य नया निर्वाचित भएका हुन ।

नेकपा एमालेको प्यानलै बिजयी भएको यश वडामा अध्यक्ष मा टेक नारायण महतो , खुला सदस्यमा खुम बहादुर अर्याल,ऋषिकेस भट्टराई , महिला सदस्य मा सकुन्तला लम्साल र दलित सदस्यमा कृष्ण माया बिक निर्वाचित भएर आएका छन् ।

अध्यक्षमा पुन निर्वाचित भएका टेक नारायण महतोले आफ्नो जित समग्र वडाको जित भएको र वडाको हितमा आफू र आफ्नो टिम खटिने पनि बताउनु भयो ।

कार्यक्रममा विभिन्न ब्याक्तीले बधाइ तथा शुभकामना ब्याक्त गरेका थिए । कावासोती १० काङ्ग्रेस सभापति चुरामनी महतो, राप्रपा प्रतिनिधि यतिराज तिवारी , समाजसेवी तथा एमाले नेता बिष्णु ढुंगाना , अर्जुन पङ्गेनी लगायत वडाबासिको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण वडा सचिब सुमन मिस्रले गरेका थिए भने अध्यक्षता नेकपा एमाले नगर कमिटी इन्चार्ज सीता पङ्गेनी को उपस्थितिमा भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय