नेपाली यू–१९ महिला टोलीले आईसीसी यू–१९ विश्वकप एसियाछनोटमा पहिलो खेल कतारसँग खेल्ने भएको छ।

जेठ २० देखि मलेसियामा सुरु हुने प्रतियोगितामा नेपाल, युएई, मलेसिया, कतार, भुटान, र थाइल्यान्ड छन्। चीन र म्यानमार भने सहभागी नहुने भएका छन्।

नेपालले कतारसँग जेठ २० मा खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। यस्तै, दोस्रो खेलमा युएईविरुद्ध २१ गते र भुटानसँग २३ गते खेल्नेछ।

त्यस्तै, नेपालले २४ गते थाइल्यान्ड र २५ गते मलेसियाविरुद्ध खेल्नेछ। नेपाल शीर्ष स्थानमा रहन सके अर्को वर्ष दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकप खेल्न पाउने छन्।

यू-१९ महिला विश्वकप पहिलो पटक हुन लागेको हो। २०२३ को सुरुआतमा दक्षिण अफ्रिकामा हुने प्रातियोगितामा १६ टोलीको सहभागीता रहने छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय