
नवलपुरमा बैंक र सुनचाँदी पसल फोड्ने नाबालक सहित गिरोह पक्राउ
नवलपुर । मध्यविन्दु १० मा सुनचाँदी पसल र हुप्सेकोटको गिरुवारीमा बैंक फोर्ने गिरोह पक्राउ परेका छन् ।
मध्यविन्दु १० अरुणखोला बजारको बैंक रोडमा रहेको माहालक्ष्मी कल्पना सुनचाँदी पसलबाट सुनका गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार राती करिब ८ बजे चोरी भएको थियो ।
घटनामा संलग्न व्यक्तिलाई चोरमारा बजारबाट भारतिय नम्बर प्लेटको मोटरसाईकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतिहारीका ३० वर्षिया तोफीक अली र सोही स्थानका ६० वर्षिया सविर हुसेन रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट सुनको लकेट थान १, जुली ५ पिस, बरामद गरेको थियो । उनीहरुलाई नवलपुर जिल्ला अदालतबाट दस दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता सन्तोष पाठकले जानकारी दिए ।
त्यस्तै प्रहरीले हुप्सेकोटमा बैंकबाट रकम चोरी गर्ने प्रयास गर्ने हुप्सेकोट ३ का एक नाबालक सहित पदम खतिवडालाई नियन्त्रणमा लिएको छ ।
गत फागुन २६ गते राती हुप्सेकोट ३ गिरुबारीमा मुक्तिनाथ विकास बैंको घरको ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेका १४ वर्षिय एक बालक र ३२ वर्षिया खतिवडा पक्राउ परेका हुन् ।
सिसि क्यामेराको फुटेजको आधारमा उनीहरु पक्राउ परेका हुन् ।पाँच दिनको म्याद थप गरी घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पाठकले जानकारी दिनुभयो । from daunne news
ताजा समाचार
लोकप्रिय
© 2022: news नेपाल मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KUSHAL