नवलपरासी पूर्वमा चट्याङ लागेर एक जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर मध्यविन्दु नगरपालिका-६ भण्डारा बस्ने ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो।

आफ्नो घर नजिकको बारीबाट फर्किने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

उनको उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको थियो। त्यहाँ उपचारको क्रममा पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान अघि बढाएको छ।

त्यस्तै काठमाडौं / तनहुँकोमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका-१ का २१ वर्षीया इश्वर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको टिप्परले बिपरीत दिशामा गुडिरहेको ग १५ प १४८४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घाइते भएका हुन् ।स्कुटर टिप्परको अगाडिको भाग मुनी छिरेको थियो । घट्ना पश्चात स्थानीयबासीले पृथ्वीराजमार्ग सडक खण्ड अन्र्तगत अवरुद्ध गरेका छन् ।

त्यस्तै काठमाडौं / रुपन्देहीमा यात्रु बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २३ जना घाइते भएका छन्।
आज (आइतबार) बिहान करिब साढे चार बजे भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा बस दुर्घटना भएको हो।

रोहिणी खोलाको पुलबाट बस टल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ। दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय