योग तथा संस्कारले ल्याएको परिवर्तन – News Nepal Media
Trend

कैलालीको टीकापुर नगरपालिका–१ का निराजन उपाध्याय खड्ग स्मृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनत हुनुहुन्छ ।

निर्धारित समयमा विद्यालय पुग्ने र छुट्टी भएपछि घर फर्कने उहाँको दैनिकी थियो । केही दिनमै त्यो दैनिकीमा उहाँको परिवर्तन आएको छ । उहाँ घरपरिवार, विद्यालय र समाजको बारेमा सोच्न थाल्नुभएको छ । सैद्धान्तिक ज्ञानले मात्रै सबै कुराको सिकाइ हुने उहाँको मनस्थितिलाई योग तथा संस्कार शिविरले परिवर्तन गरिदिएको छ ।

विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत एक सय ५० विद्यार्थीलाई आयोजित योग तथा संस्कार शिविरमा सहभागी हुनुभएका उहाँ भन्नुहुन्छ, “पाठ्यक्रमको सिकाइसँगै शिविरमा सिकेको ज्ञान निकै महत्वपूर्ण लाग्यो । जुन सिकाइले हाम्रो व्यवहारमा समेत परिवर्तन गरेको छ ।” कक्षा १० मा अध्ययनत रेनुका विष्ट योगले शारीरिक र संस्कारले व्यवहारमा निकै परिवर्तन आएको बताउनुहुन्छ ।

“हामी व्यक्तिलाई हेरेर व्यवहार गर्छौं । विद्यालय बाहिर शिक्षकलाई भेट्दा लुक्छौँ । त्यो मेरो जीवनमा पनि लागू हुन्थ्यो”, उहाँले भन्नुभयो, “चार दिनको सिकाइले धेरै परिवर्तन आएको महसुस मैले गरेकी
छु । सबैसँग घुलमिल हुनसक्ने क्षमताको विकास भएको छ ।” विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरस्वती घर्तीमगरमा अपरिचित व्यक्तिसँग बोल्ने बानी थिएन । कक्षा कोठामै आफ्नै साथीहरूसँग बोल्न नसक्ने सरस्वती चार दिने सिकाइले आफूमा धेरै परिवर्तन महसुस गरेको बताउनुहुन्छ । “पाठ्यक्रमको अध्ययनले मात्रै सबै कुरामा सक्षम छु भन्नु गलत रहेछ । हाम्रा अभिभावक अझै पनि सैद्धान्तिक ज्ञानमा विश्वास गर्नुहुन्छ । सैद्धान्तिक ज्ञानले मात्रै नपुग्दो रहेछ,” सरस्वतीले भन्नुभयो, “त्यो कुरा अभिभावकलाई सम्झाउन सक्ने भएकी छु । जुन कुरा मेरो लागि निकै महत्वपूर्ण छ ।”

नेहारिका चौधरी योग तथा संस्कार शिविरमा सहभागी नहुँदा निकै पछुतो भएको बताउनुहुन्छ । आफैँसँग अध्ययन गरिरहेका साथीहरूले चार दिनमा सिकेको कुराले उहाँमा एक किसिमको आक्रोश पनि देखिन्थ्यो । “आफ्नै कारणले मैले शिविरमा सहभागी हुने अवसर गुमाएँ । आज साथीहरूले सिकेको कुराले मलाई इर्ष्या भएको छ”, उहाँले भन्नुभयो, “अब यस्ता अवसर म जीवनमा कहिल्यै गुमाउने छैन । शिविरमा सिकेका कुरा साथीहरूबाट सिक्ने प्रयास गर्नेछु ।”

विद्यालयका प्रधानाध्यापक केशरबहादुर रावल पनि योग तथा संस्कार शिविरबाट विद्यार्थीमा भएको सिकाइले खुसी हुनुहुन्छ । वर्ष दिनसम्म सिकाएको भन्दा चार दिन सिकेको कुरा विद्यार्थीका लागि महत्वपूर्ण भएको जनाउँदै उहाँले विद्यार्थीमा संस्कारको विकास मात्रै नभई जिम्मेवारीको बोधसमेत भएको बताउनुभयो । “शिविरमा सहभागी भएका विद्यार्थीमा देखिएको उत्साहले हामीलाई पनि गर्व महसुस भएको छ”, उहाँले भन्नुभयो, “शिविरमा सहभागी नभएका विद्यार्थीमा पनि सिक्ने उत्सुकताले विद्यालयमा योग तथा संस्कारसम्बन्धी कक्षा सञ्चालन गर्न आवश्यक देखिएको छ ।”

योग प्रशिक्षक रवीन्द्र बस्नेत बालबालिकाका लागि संस्कार निकै आवश्यक कुरा भइसकेको
बताउनुहुन्छ । उहाँले बालबालिकामा योग शिक्षा र संस्कारको विकास गर्न नसके त्यसले ठूलोठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो । “अहिले अभिभावकले आफ्ना बालबालिकालाई समय दिन सकेको अवस्था छैन । बालबालिकाको ध्यान अभिभावक र आफ्नो समाजभन्दा मोबाइलसँगै अहिलेको आधुनिकतामा बढी केन्द्रित भएको छ”, उहाँले भन्नुभयो, “यस्ता कुराले बालबालिकालाई मानसिकरुपमा निकै असर पार्न सक्छ । संस्कार बालबालिकाका लागि निकै महत्वपूर्ण विषय बनिसकेको छ ।”

टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले विद्यालयमा योग शिक्षा निकै आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीमा योग शिक्षाले विद्यार्थीको शारीरिक तथा तथा संस्कारले मानसिक विकास गर्नसक्ने बताउँदै त्यसका लागि स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो । “अभिभावकले बालबालिकालाई समय दिन नसकेकै कारण बालबालिका गलत क्रियाकलापमा फस्दै गएको तितो यथार्थ हाम्रो अगाडि छ”, उहाँले भन्नुभयो, “समाजमा भइरहेका गलत क्रियाकलापलाई न्यूनीकरण गर्नका लागि पनि बालबालिकालाई संस्कार सिकाउन जरुरी छ । भविष्यप्रति जिम्मेवार बनाउन आवश्यक छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP