तेल र मसलाबिनाको अचार – News Nepal Media
Trend

अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छाँै । तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला ।

भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थाल्नुभएको छ । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उहाँले अहिले नेपालमा आएर प्रयोग गर्न थाल्नुभएको हो । रोजगारीको सिलसिलामा इजरायल पुग्नुभएकी चापागाईँ जहाँ काम गर्नुहुन्थ्यो त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिक्नुभएको हो ।

सन् २००६ मा रोजगारीका लागि जानुभएकी चापागाईँ सन् २०१६ मा नेपाल फर्कनुभयो । त्यसपछि पुस्तक व्यवसाय गर्नुभएकी उहाँ दुई वर्षपछि पर्वतमा भएको दुर्घटनामा पर्नुभयो । दुर्घटनामा परी गम्भीर घाइते बन्नुभएकी चापागाइँ अहिले आफ्नो शरीरमा केही सुधार भएपछि आफूले विदेशमा सिकेको सीपलाई प्रयोग गर्न थाल्नुभएको हो ।

चापागाईँ अहिले तेलबिना काँक्रो, खुर्सानी, गाँजर, चुकन्दरलगायतका अचार बनाइरहनुभएको छ । यी खाद्यवस्तुलाई उसिनेर घाममा सुकाएर अचार बनाउने गरेको उहाँले बताउनुभयो । उठेर खासै हिँडडुल गर्न नसक्ने उहाँ आफ्नो सीपको प्रयोगका लागि छोराको साथ लिनुभएको छ । कृषि विषय अध्ययन गर्दै आउनुभएका छोरा प्रशन्नले अहिले आमालाई पूर्णरूपमा साथ दिइरहनुभएको छ ।

व्यवसाय राम्रो भएमा आमालाई काममा सघाउन कर्मचारी राखेर काम अघि बढाउने उहाँको योजना छ । अचार बनाउनका लागि नुन, लसुन, अमिलोलगायतका सामग्रीमात्रै प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो । पूर्णकलाले भन्नुभयो, “स्वास्थ्यवद्र्धक खानका लागि यो अचार निकै उपयुक्त हुन्छ ।” परीक्षण उत्पादनका रूपमा सुरु गरिएको यो व्यवसायलाई आगामी दिनमा व्यावसायिक बनाउने योजना उहाँको छ ।

खाँदा नयाँ स्वाद पाउने भएकाले अहिले तत्काल मन नपर्न सक्ने भन्दै उहाँले केही दिनमा व्यावसायिकरूपमा उत्पादन गरेर अचारलाई बजारमा लैजाने बताउनुभयो । यही वैशाख १६ गतेदेखि चापागाईँले यो अचार बनाउन थाल्नुभएको हो । अहिलेसम्म १५० डब्बा अचार घरबाटै बिक्री भइसकेको छ । उहाँले भन्नुभयो, “सुरुआती समयमा बजारमा अचार रुचाइन्छ कि रुचाइँदैन भनेर लागत मूल्यमा नै दिने गरेका छाँै ।” एकपटक प्रयोग गरेका ग्राहकले पुनः माग गर्ने गरेको उहाँको भनाइ छ । अहिले चितवन, पोखरालगायतका स्थानबाट माग आइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै


TOP