वर्षा र पहिरोका कारण काठमाडौंदेखि पोखरा जाने सडक अवरूद्ध भएसँगै हवाई यात्रु संख्या बढेको छ। काठमाडौंबाट पोखरा उडान गर्ने एयरलाइन्स कम्पनीहरूका अनुसार बुधबारदेखि यो गन्तव्यमा यात्रा गर्ने यात्रु बढेका छन्।

बुधबारदेखि शुक्रबारसम्म बुद्ध एयरलाइन्सबाट तीन हजार ७८७ यात्रुले काठमाडौंदेखि पोखरा यात्रा गरेका छन्। कम्पनीकाअनुसार बुधबार एक हजार ३७१, बिहीबार एक हजार १०१ र शुक्रबार एक हजार ३१५ जनाले यात्रा गरेका हुन्। बुद्धले काठमाडौं–पोखरा दैनिक १३ उडान गर्दै आइरहेको छ।

‘पर्यटकीय नगरी भएकाले त्यसै पनि यो गन्तव्यमा यात्रु संख्या अन्य ठाउँमा भन्दा बढी छन्,’ एयरलाइन्सका प्रवक्ता दिपेन्द्र कर्णले भने, ‘अहिले सडक अवरूद्ध भएसँगै यात्रु संख्या झन् बढेको छ।’

यति नै यात्रु बढेका भन्ने यकिन नभए पनि सामान्य अवस्थाको तुलनामा वृद्धि भएको उनले बताए।
पोखरा उडान गर्ने यती एयरलाइन्सका पनि यात्रु बढेका छन्। सामान्य अवस्थामा ८० प्रतिशत यात्रु हुने

गरेकामा शुक्रबार शुक्रबार सय प्रतिशत पुगेको छ। एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाका अनुसार शनिबारका लागि पनि टिकट बुकिङ भइसकेको छ।

’सडक अवरूद्ध हुनुअघि ८० प्रतिशत हाराहारी अकुपेन्सी थियो। अहिले पूरा भरिएको छ,’ उनले सेतोपाटीसँग भने, ’भोलिसम्मका लागि सबै टिकट बुकिङ भइसक्यो।’

यती एयरलाइन्सले काठमाडौं–पोखरामा दैनिक ६ उडान गर्दै आइरहेको छ।बर्तौलाका अनुसार यतीका सबै उडानमा गरेर दैनिक साढे ६ सय जनाले यात्रा गर्थे। अहिले बढेर दैनिक ८ सय जना पुगेका छन्। काठमाडौं–पोखरा मात्र नभई अन्य गन्तव्यका उडानमा पनि यात्रु संख्या बढेको उनले बताए।

सेतोपाटी

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय