मलेसियामा द’लालको हातमा जाँदै नेपाली : कम्पनी छाडेर भाग्ने नेपालीको संख्या बढ्न थाल्यो, यस्तो छ द’लालको खेल..

मलेसियामा रोजगारदाता छाडेर भाग्ने नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाली कामदारलाई ललाई फकाई कम्पनी परिवर्तन गराउने क्रम दैनिकरूपमा पुनः बढेको विभिन्न स्रोतले बताएका छन् ।कोरोना भाइरस संक्रमणको समयमा रोजगारदाताले समयमा तलब नदिने, विभिन्न बहानामा तलब का’ट्ने, तलब माग्दा मानसिक त’नाव दिने जस्ता समस्याबाट नेपाली कामदार पी’डित हुने गरेका छन् ।

कतिपय कामदार रोजगारदाताको वि’भेद सहन नसकेर बाध्यताले कम्पनी छाडेर भाग्ने तर धेरैजसो कामदार विचौलियाहरूको अनुचित प्रलोभनको प्रभावमा परेर कम्पनी छाड्ने क्रम बढेको बताइएको छ ।

मलेसियाको रावाङ भन्ने ठाउँमा रहेको जुली इम्पोर्ट एण्ड एक्स्पोर्टको एसडिएन विएचडी कम्पनी छाडेर भा’गेका तीन जना नेपाली कामदारलाई मलेसियाको एक कम्पनीले खोजी गर्न स्थानीय प्रहरी चौकीमा उ’जुरी दर्ता गराएको छ ।

कृष्णबहादुर बम्जन, अजबलाल राउत र कृति चौधरी नामका नेपाली कामदार कम्पनी छो’डेर बे’पत्ता भएपछि कम्पनी प्रतिनिधि प्रहरी चौकीमा गएको बताइएको छ । दुई वर्षदेखि कार्यरत उनीहरू सेप्टेम्बर महिनादेखि बेप’त्ता भएका थिए ।

यस्तो बेला द’लालहरुले काम गरि रहेको कम्पनीबाट काम छो’ड्न लगाएर राम्रो सुबिधामा काम लअगाइदिने भन्दै प्रलोभन दिन थालेका छन् ।

जस बापत द’लालले ठूलो रकम कमिसनको रुपमा लिने गरेको समेत बताइन्छ । तर त्यस्तो अवस्थामा कम्पनी छोड्दा इलिगल भैइने र भनेको जस्तो तलब तथा अन्य सुबिधा समेत नपाएको गुनासो आउन थालेको छ ।Samaj Patra

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय