कतारको टर्च टावरले गिनिज बुकमा नाम लेखायो

कतारको एस्पाएर जुनमा रहेको टर्च टावरले विश्वकै सबैभन्दा ठुलो बाह्य ३६० डिग्री स्क्रिनको लागि गिनिज बुक अफ रेकर्डमा आफनो नाम दर्ता गराएको छ ।

एस्पायर जोन फाउन्डेसनले यसअघि गत जुन ६ मा तय गरेको कार्यक्रम मौसमको प्रतिकुलका कारण सोमबार आधिकारिक रूपमा स्क्रिन लन्च गरेको हो ।

फाउन्डेसनका सीईओ मोहम्मद खलिफा अल सुवैदीले सोमबार एक समारोहकाबीच गिनिज वर्ल्ड अफ रेकर्ड्सबाट सबैभन्दा ठुलो पानोरामिक स्क्रिनको प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा एक भिडियो मार्फत फिफा विश्वकप कतार २०२२ को एन्थेमसँगै चर्चित फुटबल खेलाडी लियोनल मेस्सी, नेयमार र पूर्व फुटबलर डेभिड बेकह्यामलाई पनि देखाइएको थियो ।

गिनिज वर्ल्ड रेकर्डको वेबसाइटका अनुसार उक्त ३६० डिग्रीको स्क्रिन ११ हजार ३४५ वर्ग मिटरको छ । एस्पायर टावर पनि भनेर चिनिने टर्च टावरको उचाई २९८ मिटर रहेको छ । सन् २००६ मा १५ औँ एसियाली खेलकुदको अवधिभर ठुलो द्विप प्रज्वलन जस्तो देखिने गरी यसलाई बनाइएको थियो ।

यो टावर ३ सय मिटर उचाइमा रहेको र शहरभरी ३६० डिग्री मनोरम दृश्यहरूसहित टर्च दोहाका व्यापक वास्तुकला, इन्जिनियरिङ र प्राविधिकद्वारा डिजाइन गरिएको हो ।

तिलु शर्मा पौडेल/मध्यान्ह

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय