जसअनुसार समूह ‘ए’ मा आयोजक कतारसँगै इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स छन् । त्यसैगरी समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरेविया, मेक्सिको र पोल्यान्ड रहेका छन् ।

समूह ‘डी’ मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया परेका छन् । समूह ‘ई’ मा स्पेन, कोस्टा रिका, जर्मनी र जापान छन् । समूह ‘एफ’ मा बेल्जियम, क्यानाडा, मोरक्को र क्रोएसिया समेटिएका छन् ।

समूह ‘जी’ मा ब्राजिल, सर्विया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन् भने समूह ‘एच’ मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया छन् ।

विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा आयोजना हुँदैछ । विश्वकपको उदघाटन खेल कतार र इक्वेडरबीच नोभेम्बर २१ मा हुनेछ । सोही दिन सेनेगल र नेदरल्यान्डसबीचको खेल पनि हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय