दक्षिण कोरियाले यो बर्षभित्र ७३ हजार विदेशी कामदार कोरिया भित्राउने !

दक्षिण कोरियाले यो बर्षको अन्त्यसम्ममा ७३ हजार विदेशी कामदार उत्पादनमुलक,कृषी तथा पशुपालन क्षेत्रमा भित्राउने भएको छ।

रोजगार तथा श्रम मन्त्रालय का मन्त्री ज्योङ-सिक ली ले कोभिड–१९ को प्रभावका कारण कोरिया प्रवेश गर्न ढिलाइ भएका विदेशी कामदार लाई छिट्टै कोरिया प्रवेश गर्ने वातावरण थप सहज बनाईने बताएका छन।

कोभिड–१९ का कारण उत्पादनमुलक ,कृषी तथा पशुपालन क्षेत्रमा देखिएको जनशक्ति अभावलाई समाधान गर्न विगत दुई वर्षदेखि कोरिया प्रवेश गर्न नपाएका २६ हजार विदेशी कामदारलाई यही अगस्ट मसान्तसम्म कोरिया प्रवेश गर्ने गरी तयारी गरिएको छ।

यसका साथै यो वर्ष श्रम स्वीकृति पाएर कोरिया प्रवेश गर्न नपाएका २८ हजार व्यक्तिलाई यो वर्ष भित्र कोरिया प्रवेश गर्ने अनुमति दिइने र यो वर्षको अन्त्यसम्ममा ७३ हजारभन्दा बढीले कोरिया प्रवेश गर्ने भएका छन्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय