कतारमा ‘गर्मीका कारण मृत्यु भएका’ नेपाली कामदारका परिवार के भन्छन्?

खाडी राष्ट्रहरूमा तापक्रम नियमित रूपमा ५० डिग्री सेल्सिअस पुग्छ।त्यसको सबैभन्दा खराब असर भनेको त्यहाँ काम गर्ने एक करोड ४० लाख वैदेशिक रोजगारमा गएका कामदार हुन्।

विगत १५ वर्षमा कतारमा मात्रै २,००० भन्दा बढी नेपाली कामदारहरू मृत्यु भएको तथ्याङ्क छ।भर्खरै गरिएको एउटा अध्ययनले सन् २००९ देखि सन् २०१७ सम्म ५७१ मृत्यु मुटुसम्बन्धी रोगका कारण भएको र तीमध्ये करिब २०० रोक्न सकिने खालको हिट स्ट्रोकबाट भएको देखाएको छ।

जिल्ला समन्वय समिति दोलखामा सत्तारुढ गठबन्धन विजयी

जिल्ला समन्वय समिति दोलखामा सत्तारुढ गठबन्धन विजयी भएको छ । बुधबार भएको जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) र उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जी शेर्पा विजयी भएका हुन् ।

निर्वाचनमा कुल १८ मत खसेको थियो । जसमध्ये गठबन्धनका प्रमुख र उपप्रमुखले ११–११ मत प्राप्त गरेका छन् भने उनीहरुका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमुख पदका उम्मेदवार ऋषिकेश उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७–७ मत प्राप्त गरेका छन् । दोलखा जिसस प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य पदका लागि बुधबार निर्वाचन भएको हो ।

९ पदका लागि १९ जनाले उम्मेदवारी दर्ता गरेका थिए । ७ सदस्यमा सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । विजयी हुने सदस्यहरूमा अनिल तमाङ, निलम ठकुरी, कृष्ण श्रेष्ठ, सन्तेन्जु शेर्पा, टसि शेर्पा, कल्पना थामी र मेनुका चौलागाई रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय