दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ
दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका–११ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्की छन् ।
काठमाडौंको सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका सञ्चालक कार्कीले ‘दुबई (यूएई)मा जानका लागि सात लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस गार्डको काम लगाइदिन्छु’ भन्दै सातजनालाई ठगेको आरोप छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१, नयाँबानेश्वरबाट पक्राउ गरेको जनाइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2022: news नेपाल मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KUSHAL