२०२६ फिफा विश्वकप : पहिलो पटक ४८ टिमको सहभागिता, १६ मैदानमा हुने
पहिलो पटक ४८ टिमको सहभागिता रहने फिफा फुटबल विश्वकप २०२६ विभिन्न ३ देशमा आयोजना हुनेछ । खेल भने १६ स्टेडियममा हुने छ । जसमध्ये सबै भन्दा धेरै अमेरिकाको ११ सहरमा हुनेछ भने मेक्सिकोको ३ तथा क्यानाडाको २ स्टेडियममा हुनेछ ।
विश्वकपको इतिहासमै पहिलो पटक तीन देशमा विश्वकप आयोजना हुन लागेको हो । मेक्सिकोको अज्टेका स्टेडियमले भने तीन पटक विश्वकपको खेल आयोजना गर्ने छ ।
अमेरिकाको चर्चित स्टेडियम मेटलाइफ र सोफीले विश्वकपको फाइनल आयोजना गर्ने दाबेदारी गरिरहँदा फिफाले भने छलफलपछि मात्र फाइनल खेलका लागि स्टेडियमको टुंगो लगाउने जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2022: news नेपाल मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KUSHAL