दुबईबाट नेपाल आएका युवकमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग
दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको जानकारी प्राप्त भएको छ । टेकु अस्पतालका एक डाक्टरले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोगको लक्षण देखिएको जानकारी रातोपाटीलाई दिए ।
बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।
बालिका बलात्कारका अभियुक्त जोगाउनेलाई कारबाही गर्न माग
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले महान्यायाधिवक्ताको कार्यालय बलात्कारका अभियुक्तलाई जोगाउन लागि परेको भन्दै छानबिन र कारबाहीको माग गरेको छ ।
बलात्कारको मुद्दा हेरिरहेकी जिल्ला अदालत ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले बालिका बलात्कारको मुद्दा कमजोर बनाउनका लागि महान्यायाधीवक्ताको कार्यालयले दबाब दिएको र त्यो दबाब नमानेका कारण आफूलाई सरुवा गरिएको बताएकी थिइन् ।
ललितपुरमा सुशील चटौत जोडिएको बलात्कार मुद्दा हेरिरहेकी थोकरलाई महान्यायाधीवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ताको कार्यालय, हेटौंडामा सरुवा गरेको थियो ।
‘पीडकलाई उन्मुक्ति दिन, बालिकालाई होस्टाइल गर्न र मुद्दालाई कमजोर बनाउन संलग्न राज्यका निकाय, व्यक्ति र महान्यायाधिवक्ता समेतलाई छानबिनको दायरामा ल्याउन हामी जोडदार माग गर्दछौ,’ अभियानले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आजैका मितिदेखि पीडित बालिकालाई सरकारले संरक्षणमा लिई भविष्यमा अरु बालबालिकाउपर हुन सक्ने यस्ता घटनामा अभिभावकत्व ग्रहण गर्न सरकार तयार छ भन्ने सन्देश दिन पनि हामी जोडदार माग गर्दछौं ।’
अभियानले यो घटना बालबालिकाको हक, हित र अधिकारको संरक्षण तथा सम्बर्द्धनका लागि नेपालको विश्वव्यापी, अन्तराष्ट्रिय तथा राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता र संवैधानिक, कानूनी तथा नीतिथत व्यवस्थाको गम्भीर उल्लंघन भएको बताएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2022: news नेपाल मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KUSHAL