टेभेज अर्जेन्टिनी क्लबको मुख्य प्रशिक्षक

एजेन्सी – व्यवसायिक खेल करिअरबाट सन्यासको घोषणा गरेका भेट्रान फरवार्ड कार्लाेस टेभेज अर्जेन्टिनी क्लब रोजारियो सेन्ट्रलको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।अर्जेन्टिनी टेभेज सन्यासको घोषणा गरेको १७ दिनपछि मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । उनले जुन ४ मा व्यवसायिक खेल करिअरबाट सन्यासको घोषणा गरेका थिए ।

रोजारियो सेन्ट्रलले उनलाई १२ महिनाको लागि प्रशिक्षकको रूपमा नियुक्त गरेको घोषणा गरेका छन् । जुन डगआउटमा ३८ वर्षीय टेभेजको पहिलो अनुभव हुनेछ ।

‘मैले खेल्न छोडें किनभने मैले मेरो नम्बर एक फ्यान (बुवा) गुमाए । अब खेल्दिन भनेर मैले मेरो एजेन्टलाई फोन गरे ।’ उनले आफ्नो सन्यासको घोषणा गरेपछि भने । ‘रोजारियो सेन्ट्रलमा कार्लोस टेभेजलाई स्वागत छ । रोजारियो सेन्ट्रलले आफ्नो घोषणामा लेखेको छ ।

टेभेजको पहिलो खेल जुलाई २४ मा प्रिमेरा डिभिजनको म्याचडे ५ मा क्लब डे जिमनासि एस्ग्रीमा डे ला प्लाटाविरुद्ध हुनेछ । उनीसँग आफ्ना भाइ कार्लोस पनि प्रशिक्षण टोलीमा हुनेछ । चार राउण्डको खेलपछि, रोजारियो सेन्ट्रल २८ टोलीमध्ये २२औं स्थानमा छ । रोजारियाको ४ अंक छ ।

टेभेजले आफ्नो करियर बोका जुनियर्सबाट व्यवसायिक खेल करिअर सुरु गरेका थिए । कोरिन्थिएन्स, वेस्ट ह्याम, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, युभेन्ट्स र सांघाई सिन्हाबाट व्यवसायिक खेल खेलेका छन् ।

टेभेजले अर्जेन्टिनाका लागि ७६ क्याप जित्दा १३ गोल गरेका छन् । उनी कोपा अमेरिका कपको तीन संस्करणमा उपविजेता हुन् । टेभेजले आफ्नो व्यवसायिक खेल करिअरमा ६०७ खेल खेल्दा २३७ गोल गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय